
जगदम्बा मोटर्स टिभीएसको पोखराका लागि आधिकारिक विक्रेता वतास व्रदर्स अन्तर्गत गण्डकी मोटर्स प्रालिले पोखराको पर्स्यांगस्थित आफ्नो अत्याधुनिक सुविधा सम्पन्न टिभीएस सर्भिस सेन्टरको सञ्चालन शुरू गरेको छ ।
करिब १४ हजार स्कायर फीटमा फैलिएको यो सर्भिस सेन्टर गण्डकीको नै सबैभन्दा ठूलो र सुविधा सम्पन्न सेन्टर रहेको कम्पनीको दावी छ।
सर्भिस सेन्टर दक्ष टेक्निसियन, पूर्ण रुपमा सुसज्जित कस्टोमर लाउन्ज, पर्याप्त पार्किङ स्पेस, अलग दुर्घटना ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित छ ।