०६ साउन २०८३, बुधबार

आईपीएल : हैदरावादमाथि राजस्थानको शानदार जीत

चैत १६, २०७८
आईपीएल : हैदरावादमाथि राजस्थानको शानदार जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी शुरूआत गरेको छ।

पुनेमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद शुरूआत गरेको हो।

राजस्थानले दिएको २ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २ सय १० रन जोडेको थियो ।

जीतसँगै राजस्थानले १ खेलमा २ अंक जोडेको छ ।  हैदरावादले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्