२७ असार २०८३, शनिबार

ठेक्कापट्टामा संलग्न व्यक्ति स्थानीय चुनावमा उम्मेदवार बन्न नपाउने

ठेक्कापट्टामा संलग्न व्यक्ति स्थानीय चुनावमा उम्मेदवार बन्न नपाउने

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले बुधवार बैठक बसेर स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वःघोषणा गर्नुपर्ने शर्तहरू सार्वजनिक गरेको हो । 

आयोगले उम्मेदवारी दर्तासँगै उम्मेदवारले १९ वटा विषयमा स्वःघोषणा गर्नुपर्ने त्यसमा उम्मेदवार नै जिम्मेवार हुनुपर्ने प्रावधान तोकेको छ । 

त्यसमध्ये आयोगले कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न भएको व्यक्ति स्थानीय चुनावमा उम्मेदवार बन्न नपाउने प्रावधान तोकिएको छ । 

त्यसैगरी, स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको व्यक्ति मात्रै उम्मेदवार हुन पाउने आयोगले शर्त तोकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्