२३ असार २०८३, मंगलबार

हाम्रोपात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने

हाम्रोपात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने

नेपालमा सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा शुरू गरेको ७ महिना पूरा भएको छ।

असोज ८ गते देखि शुरू भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन्।

अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ। 

अहिलेसम्म प्रति व्यक्तिले  ६ महिनामा अधिकतम ३०,००० अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अब देखि यो सिमा बढेर एक लाख डलरसम्म पठाउन मिल्ने छ।

प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरूमा लागू हुने कम्पनीले जनाएको छ।  

पात्रोको रुपमा शुरू भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरेक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमय दर हेर्न सकिने सुविधा दिँदै आएको छ ।

अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोले जनाएको छ ।

'तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पेको सुविधा उपलब्ध हुनेछ  जस अन्तर्गत रकम पठाएको केही मिनेटमै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ,' हाम्रो पात्रोको संस्थापक/ सीईओ शंकर उप्रेतीले बताए।

salt training

कमेन्ट गर्नुहोस्