असार १३, २०७९
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
जोगी भातको पौराणिकता धेरैलाई थाहा नहुन सक्छ । यो परिकार नेपालको मौलिक र परापूर्वकालदेखिको लोक खाना हो । जोगी भात सामान्यतया चामल, दाल, सब्जी, घ्यु, बेसार आदि इत्यादि मिसाएर पकाइन्छ ।
नेपालको प्रायः सबै भूभागमा जोगी सन्तहरूको बसोबास रहेको छ । जोगीले घरघरमा गएर भिक्षा मागेका सामग्रीलाई एकैठाउँमा मिसाएर पकाउने हुनाले यही समुदायबाट यो परिकारको जन्म भएको पौराणिकता छ ।
रातभर फेरि लगाएर होस् या दिनभर घरघरमा मागेर ल्याएको खाद्य सामग्री एउटै भाडामा मिसाएर पकाउने यो संस्कारलाई अहिले ठूलाठूला होटल या रेस्टुरेन्टको मेनुमा राख्न थालेका छन् । खान पनि स्वादिष्ट, बनाउन सजिलो र स्वास्थ्यका हिसाबले पनि फाइदाजनक भएका कारण अहिले धेरैको घरको चुल्होमा जोगी भात पाक्न थालेको छ ।
जोगी भात बनाउन चाहिने सामग्रीः चामल ५०० ग्राम, रातो या कालो दाल १५० ग्राम, पालक या रायो साग सानो १ मुठा, हरियो केराउ ७० ग्राम, आलु १८० ग्राम, गाजर ६० ग्राम, नेपाली घ्यु ६० ग्राम, काटेको प्याज २ पिस, मसिनो गरी काटेको अदुवा, लसुन २० ग्राम, बेसार १ चिया चम्चा, नून स्वादअनुसार, पानी ६५० एमएल, ताजा धनियाँ सजावटका लागि ।
जोगी भात पकाउने विधिः बाक्लो खालको कसौडी या डेक्ची तताएर घ्यु हाल्ने र एकछिनमा काटेको प्याज, अदुवा, लसुन हाली भुट्ने । केही समयपछि बेसार हालेर चलाउने । ताछेर काटेको आलु, गाजर, पखालेको दाल र चामल हाली चलाउने । केहीबेर पानी, पालक, हरियो केराउ, स्वादअनुसार नून हालेर उमाल्ने । पानी सुक्न–सुक्न लाग्ना साथ राम्ररी ढकन लगाएर राम्ररी मधुरो आँचमा पकाउने । जोगी भात पाक्ना साथ हरियो धनियाँ हालेर तातोतातो सर्भ गर्ने । जोगी भातको साइडमा सिलौटोमा पिसेको गोल्भेडाको अचार पनि दिन सकिन्छ ।
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
परापूर्वकालदेखि चल्दै आएको हाम्रो काठे खस परिकार दूधरोटी, दालरोटी र पानीरोटी अब लगभग लोप नै भए जत्तिकै छ । किनकि नयाँ पुस्तालाई यी परिकारका विषयमा सोध्ने हो भने पूर्ण रूपमा अनभिज्ञ नै छन् । सबैको भान्सामा...
सुरेन्द्र नेपाल श्रेष्ठ एउटा अचानो र चुलेसीले चलेको चुल्हो देखेका हामी गाउँले नेपाली २५ वर्ष अगाडि बेलायत आएपछि रंगरंगका चप बोर्ड र चक्कु देख्दा अचम्म नलाग्ने कुरा नै भएन । मासु होस् वा माछा, सागपात हो...
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
‘विश्व आदिवासी दिवस’ आइरहँदा सधैं झै एउटा कुराको स्मरण आइरहन्छ । विभिन्न जातजातिको भेषभुषामा सजिएर टुँडिखेलको मैदान वा कुनै गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका केही प...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...