३१ असार २०८३, बुधबार

भारतमा गुडिरहेको ट्रकबाट गाईहरू फाल्ने मानिस को हुन् ?

चैत २८, २०७८
भारतमा गुडिरहेको ट्रकबाट गाईहरू फाल्ने मानिस को हुन् ?

भारतको गुरुग्राममा गुडिरहेको सडकबाट गाईहरूलाई फाल्ने तस्करहरू पक्राउ परेका छन् । 

गाई तस्करहरूको यस्तो क्रियाकलापको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

गाईमाथि दुर्व्यवहार गर्नेहरूलाई प्रहरीले २२ किलोमिटरसम्म लखेटेको थियो । भोंडसी नामक स्थानमा गुडगाँव प्रहरीले नाकाबन्दी गरेपछि ती तस्करहरू गाडी रोकेर भाग्न खोजेका थिए । ६ मध्ये पाँच तस्कर पक्राउ परेका छन् । 

प्रहरीबाट भाग्ने क्रममा दुईजना तस्कर फ्लाईओभरबाट हाम्फालेका छन् । त्यसक्रममा उनीहरूको हातखुट्टा भाँचिएको छ । 

पक्राउ परेका आरोपितहरू बल्लू, तस्लीम, पापा, शहीद र खालिद हुन् । उनीहरू मेवातमा बस्छन् । 

गुरुग्रामका डीसीपी राजीव देसवालका अनुसार, सेक्टर २९ बाट सातवटा गाई चोरी भएको जानकारी प्रहरीले पाएको थियो । त्यसपछि प्रहरीले नाकाबन्दी गर्‍यो । 

आरोपितहरू प्रहरीको चेकिङबाट बच्नका लागि बाटोमा गाई फ्याँक्दै हिँडेका थिए । 

ट्रकबाट गाई फ्याँकेकाले कतिपय गाईलाई चोट लागेको छ । ती गाईहरूको उपचार चलिरहेको छ । 

आरोपितहरूबाट एउटा बन्दूक बरामद भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्