
काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी परेको छ ।
राष्ट्रिय यथार्थवादी दलका तर्फबाट आनन्दराज जोशीले महानगर प्रमुखमा सबैभन्दा पहिले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
राष्ट्रिय सभागृहमा बिहान १० बजेदेखि नै उम्मेदवारी मनोनयन दर्ता शुरू भइसकेको छ ।
३७ वर्षीय जोशी काठमाडौं महानगरपालिका वडा नम्बर १९ ढोकाटोलका स्थानीय बासिन्दा हुन् ।
ठूला दलका तर्फबाट भने अहिलेसम्म कोही पनि उम्मेदवारी दर्ताका लागि पुगेका छैनन् ।