×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मनोनयनका रोचक दृश्य : बागीको लर्कोदेखि दल अदलबदल, झडप र उम्मेदवार कुटपिटसम्म

बैशाख १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कतै झडप, कतै उम्मेदवारमाथि कुटपिट त कतै दल अदलबदलका दृश्यसँगै स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको समय सकिएको छ ।

Muktinath Bank

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय दिए पनि ठूला दलका अधिकांश उम्मेदवार सोमवार मात्र निर्वाचन कार्यालयमा पुगे । केही स्थानमा साँझ ५ बजेपछि पनि उम्मेदवारी दर्ताको काम चलिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य पदमा एकभन्दा बढी आकांक्षी रहेकाले दलहरूले अन्तिम समयमा मात्र  टिकट बाँडेका थिए । टिकट बाँडफाँडको ढिलाइले पनि बागी र दल अदलबदललाई भने टार्न सकेन ।


Advertisment
Nabil box
Kumari

उम्मेदवारी दिनेहरूले भारी मतले जित्ने दाबी गरेका छन् भने पार्टीबाट टिकट नपाएकाहरू बागी उम्मेदवार बनेका छन् ।

Vianet communication
Laxmi Bank

उम्मेदवारी मनोनयनको अन्तिम दिन देशभरका मुख्य घटनाक्रम र रोचक दृश्यहरूलाई नियालौं :​

केशव स्थापितको हुंकार र सिर्जनाले सम्झिएका ससुरा गणेशमान

काठमाडौं महानगरपालिका प्रमुखका एमाले उम्मेदवार केशव स्थापितले गठबन्धनको उम्मेदवारभन्दा दोब्बर मत ल्याएर जित्ने दाबी गरेका छन् ।

सोमवार उम्मेदवारी दर्ता गराउँदै स्थापितले आफू ‘सक्सेस फूल मेयर’ रहिसकेको भन्दै आफूले नै जित्ने दाबी गरेका हुन् ।

‘५४ सालमै ८४ हजार मत ल्याएको हुँ,’ उनले भने, ‘अहिले जति मत गठबन्धनले ल्याउँछ, त्यसको दोब्बर ल्याउँछु ।’ 

स्थापित २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए ।

स्थापितले यौन दुर्व्यवहारसम्बन्धी प्रश्नमा असंवेदनशील खालको अभिव्यक्ति पनि दिए ।

एक पत्रकार र महानगरकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको पुरानै आरोपका सम्बन्धमा सोधिएको प्रश्नमा स्थापितले भने– ‘किन समयसमयमा यस्ता विवादहरू निकालिन्छ ? म जत्तिको व्यक्तिको इस्यु उठ्छ नि ! विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? ५० वटा मुद्दा लागेका बेला ५ वटा मुद्दा थपिबक्सियोस् भन्ने मान्छे हो । त्यति चुनौती बोकेको मान्छेले बाहिर सडकमा उठ्ने इस्युमा ध्यान दिन हुँदैन ।’

***

काठमाडौं महानगरपालिका प्रमुखमा कांग्रेसका तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दिइन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार समेत रहेकी सिर्जनाले उम्मेदवारीपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै आफ्ना ससुरा गणेशमान सिंहले गर्नुभएको संघर्षलाई शिरोपर गर्दै अगाडि बढ्ने बताइन् ।

'म गणेशमान सिंह र मंगलादेवी सिंहको बुहारी हुँ,' सिर्जनाले भनिन्, 'उहाँहरूले जनतालाई रैतीबाट नागरिक बनाउन जिन्दगीभर जसरी संघर्ष गर्नुभयो, त्यसलाई शिरोपर गर्दै राजनीतिमा अगाडि बढ्छु ।'

काठमाडौंको विकास र उत्थानका लागि काम गर्ने बताएकी उनले महिलाहरूलाई आफूले विशेष ध्यान दिने बताइन् ।

'काठमाडौं उत्थानका लागि, काठमाडौंको विकासका लागि र सबैलाई सुरक्षित भएको देखाउन मेरो ध्यान हुनेछ,' उनले भनिन्, 'काठमाडौं राजधानी भए पनि महिलाहरूलाई एकदमै दुख छ । काठमाडौं एकदमै साँघुरो भैसकेको छ । यहाँका महिलाहरूलाई मैले ध्यान दिनुपर्छ ।'​

चिरीबाबुको दाबी र हरिकृष्णको केजरिवालपथ

ललितपुर महानगरपालिका प्रमुखका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले १५ हजारभन्दा बढी मतले जित्ने दाबी गरे ।

सोमवार मेयरमा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले आफूले मेयर हुँदा राम्रो काम गरेकाले फेरि पनि चुनाव जित्ने दाबी गरेका हुन् ।

‘शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा राम्रो काम गरेको छु,’ उनले भने, ‘ललितपुरको कायापलट गर्न समक्ष भएकाले फेरि म नै जित्छु ।’

चिरिबाबु यसअघि सानो मतान्तरले विजयी भएका थिए ।

***

ललितपुर महानगरपालिका प्रमुखका एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दर्ताका क्रममा दिल्लीका मुख्यमन्त्री केजरिवालको नाम लिए ।

व्यञ्जनकारले आफूले ललितपुरलाई केजरिवाल मोडेलमा विकास गर्ने बताएका हुन् । ‘भारतको दिल्लीका मुख्यमन्त्री केजरिवालले जसरी सरकारी सेवा, स्वास्थ्य, शिक्षालाई माथि उठाए, म पनि त्यही मोडेलमा काम गर्छु,’ उनले भने ।

उनले आफू सिंह भएको जिकिर पनि गरे । ‘हामी सिंह हौं, अरू स्याल हुन्,’ उनले भने, ‘हामीसँग जनता छन्, हामी जित्छौँ ।’

भरतपुरमा एकताको सन्देश दिने प्रयास अनि बागी उम्मेदवारी

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराए ।

महानगर प्रमुखमा माओवादीकी रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले एक साथ उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि कांग्रेस र माओवादीको टोली दिउँसो करीब साढे ३ बजे र्‍यालीसहित निर्वाचन कार्यालयमा पुगेको थियो ।

र्‍यालीमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादी नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहाल, माओवादीका जिल्ला संयोजक आरसी अधिकारी, कांग्रेसबाट निर्वाचित प्रदेश सांसद गीता वाग्ले समेत सहभागी थिए ।

भरतपुरमा आधिकारिक रूपमा एकताको सन्देश दिने प्रयास भए पनि कांग्रेस भित्रबाट बागी उम्मेदवारी समेत पर्‍यो ।

गठबन्धन गर्दा भरतपुरको प्रमुख (माओवादी केन्द्र)को भागमा परेपछि कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पौडेल पूर्व सांसद समेत हुन् ।

पौडेलको उम्मेदवारी दर्ताका लागि कांग्रेस चितवनका पूर्व सभापतिहरू कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने लगायत निर्वाचन कार्यालय पुगेका थिए ।

****

भरतपुर महानगरपालिका प्रमुखका एमाले उम्मेदवार विजय सुवेदीले मदन भण्डारी र जीवराज आश्रित तथा बीपी कोइरालाको शालिकमा माल्यार्पण गरी निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए ।

सुवेदी पार्टी कार्यालयमै रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गरी क्यान्सर अस्पताल प्राङ्गणमा रहेको बीपी कोइरालाको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।

भरतपुरमा एमालेलाई राप्रपाले पनि सघाएको छ । उपमेयर भने राप्रपाको भागमा परेको छ ।

सुवेदी जनतामा लोकप्रिय छवि बनाएका नेता हुन् ।

पोखरामा बागीको लर्को

पोखरा महानगरपालिकामा कांग्रेसबाट तीन जनाले बागी उम्मेदवारी दिए ।

गठबन्धनको भागबण्डामा प्रमुख पद नेकपा (एकीकृत समाजवादी)को पक्षमा परेपछि कांग्रेसबाट ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

कांग्रेसबाट नन्दप्रसाद तिवारी, विमल कार्की र ऋषि सापकोटाले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

गठबन्धनका तर्फबाट नेकपा एसका धनराज आचार्य आधिकारिक उम्मेदवार बनेका छन् ।

सिन्धुपाल्चोकमा माओवादी-माओवादी झडप

सिन्धुपाल्चोकको चौतारा साँगाचाेकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । 

टिकट पाउने र नपाउने पक्षबीच झडप हुँदा साँगाचोकगढी निर्वाचन कार्यालयमा तनावग्रस्त स्थिति उत्पन्न भएको छ । झडपका क्रममा नगरपालिका ताेडफाेड समेत भएकाे छ ।

चौतारा साँगाचाेकगढीकाे वडा नम्बर १ र १४ काे वडा अध्यक्ष एकीकृत समाजवादीलाई दिएपछि टिकट नपाउने माओवादी केन्द्रका कार्यकर्ताले नगरपालिका ताेडफाेड गरेका हुन् । 

झडपका कारण मनोनयन दर्ता प्रक्रिया समेत केहीबेर अवरुद्ध भएको सिन्धुपाल्चाेकका प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियाे । 

चौतारा साँगाचोकगढी–११ र १४ को वडाध्यक्ष नेकपा (एस)लाई दिएपछि माओवादी कार्यकर्ताहरूले आक्रोशित हुँदै निर्वाचन कार्यालय तोडफोड गरेका थिए । जसका कारण कार्यालयका शिशाहरू पनि फुटेका छन् । ३० मत पनि नभएको नेकपा (एस)लाई वडाध्यक्ष दिएको भन्दै माओवादी कार्यकर्ताहरू आक्रोशित भएका थिए ।

अर्कातर्फ चौतारा साँगाचाेकगढीका निवर्तमान प्रमुख अमानसिंह तामाङलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि उनी माओवादी केन्द्र छाडेर एमालेबाट मेयरको उम्मेदवार हुन खोजेका थिए । तर, माओवादी केन्द्रका नेताहरूले तामाङलाई मेयरको टिकट दिने आश्वासन दिएर एमाले प्रवेशबाट रोकेका थिए । 

अन्तिममा माओवादी केन्द्रले तामाङलाई टिकट नदिएर कृष्णप्रसाद सापकोटालाई टिकट दिएको छ । सापकोटा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाका भाइ पर्ने व्यक्ति हुन् ।​

एक हातमा फूलमाला,अर्को हातमा टिकट!

बाराको सुवर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्र राय यादव जनता समाजवादी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई लोसपाले पार्टी प्रवेशलगत्तै गाउँपालिका अध्यक्षको टिकटसमेत दिएको छ । ८ जना वडाध्यक्ष, सदस्यसहितको दलबल लिएर उनी लोसपामा प्रवेश गरेका हुन् ।

लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहले उनीहरूलाई फूलमाला, गम्छा, टीका लगाई स्वागत गरेका थिए ।

मेयर लड्न एसएसपीबाट राजीनामा,टिकट नपाएपछि स्वतन्त्र

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट राजीनामा दिएका गोविन्द साहले नेपाली कांग्रेसबाट मेयरको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

कांग्रेसबाट धनुषाको विदेह नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिने भन्दै २०७८ फागुन १० गते नै उनले एसएसपी पदबाट राजीनामा गरेका थिए ।

उनको नाम मेयरका लागि सिफारिश पनि गरिएको थियो । तर, कांग्रेसले योगेन्द्र यादवलाई टिकट दिएपछि साहले बागी उम्मेदवारी दिएका हुन् ।

'मेरो नाम सिफारिश गरिएको भए पनि कुनै पहिचान र अस्तित्व नभएका योगेन्द्र यादवलाई पार्टीले टिकट दियो,' साहले लोकान्तरसँग भने, 'उनलाई पार्टीले पचाउनै सक्दैन, सबै साथीहरूले उम्मेदवारी दिनुपर्छ भनेपछि विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको हो ।'

कार्यकर्ताबाटै कुटिए उम्मेदवार

कार्यकर्ताबाटै कुटिएपछि विश्वदेव श्रेष्ठबाट गोरखा नगरपालिका प्रमुखको टिकट खोसियो ।

टिकट पक्का भएपछि उम्मेदवारीका लागि फोटो खिचाउन स्टूडियोमा छिरेका श्रेष्ठलाई कांग्रेस कार्यकर्ताको एक समूहले कुटपिट गरेको थियो । कुटपिटबाट श्रेष्ठलाई सामान्य चोट लागेको छ ।

कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएपछि कांग्रेसले बहालवाला मेयर राजनराज पन्तलाई नै टिकट दियो ।

***

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा हेलिकोप्टर लिएर उम्मेदवारी दर्ता गराउन पुगेका कांग्रेस उम्मेदवार कार्यकर्ताबाट कुटिएका छन् ।

नगरपालिका प्रमुखमा उम्मेदवारीका लागि पुगेका धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका हुन् । कार्यकर्ताले हातपात गरेपछि उनलाई प्रहरीले सुरक्षित स्थानमा लगेका थिए ।

टिकट बाँडफाँडको विषयलाई लिएर कांग्रेसमा विवाद छ ।

एउटै पदमा दुई जनालाई टिकट

महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुखको टिकट लिएर दुईजना निर्वाचन कार्यालय पुगेपछि तनाव भयो ।

प्रह्लाद क्षेत्री र चिरञ्जीवी हमाल दुवै मेयरको टिकट लिएर निर्वाचन कार्यालय पुगेका थिए ।

अन्तिममा हमालले पार्टी सभापति शेरबहादुर देउवाबाटै टिकट लगेपछि पार्टीको आधिकारिक उम्मेदवार बने ।

क्षेत्रीले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x