
विगत १५ दिनमा आगलागी र डढेलोले आठ जनाको ज्यान लिएको छ । वैशाख यताका १५ दिनमा आठ जनाको ज्यान गएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा आगलागीमा परेर ३३ जना घाइते भएका छन् ।
१५ दिनमा आगलागीका कारण २४ करोड ६१ लाख ८४ हजार छ सय रुपियाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । गोरखापत्र दैनिकमा खबर छ ।