असार ६, २०७९
काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता ख...
हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ ।
उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान शुरू गरेको छ ।
तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय हुन् । उनको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’को तयारी भइरहेको छ । यो उपचार सफल भएमा उनको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकको भनाइ छ ।
‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि शुरूमै कम्तीमा १८ देखि २० लाखजति खर्च हुने चिकित्सकको भनाइ छ । शल्यक्रियापश्चात पनि वार्षिकरूपमा नियमित ‘म्यापिङ’ र अन्य थेरापीबापत थप ५०–६० हजार खर्च छुट्याइराख्नुपर्ने बताइएको छ ।
तारकिणी हाल न्यूज २४ नेपालमा कार्यरत हुन् । उनका यसअघि नै ३ वटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कविता संग्रह प्रकाशन हुने क्रममा छ ।
प्रतिष्ठानले शुरू गरेको अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । अहिलेसम्म ४ लाख ५० हजारभन्दा बढी रकमको कबोल आएको अभियान संयोजक समेत रहेका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी दिए । राजेन्द्रप्रसाद पन्तको नाममा ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखामा रहेको खाता नम्बर ०१०७०१००२४४९७ र एनआईसी एसिया बैंकको सुकेधार शाखामा रहेको खाता नम्बर २८८७९३१०५८५२४००१ मा सहयोग गर्न सकिने छ ।
श्रवण अपाङ्गताका बाबजुद पनि साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइराखेका प्रतिभाशाली स्रष्टा तारकिणीको उपचारका लागि हातेमालो गर्ने उद्देश्यले सहयोेग संकलन अभियान सञ्चालन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र, तह र तप्काबाट आर्थिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ ।
काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता ख...
मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्रांकनमा रहेको पुस्तक 'रमाइलो सपना' प्रकाशित भएको छ । सिरिन टर्कीस लेखक तथा पत्रकार हुन् । उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ ।...
गजल–१ झरी झरी नभन् एक्दिन त्यही पानीले मार्छ जोगाउन सकिनस् भने आफ्नै जवानीले मार्छ मुटु पो दिईस् कलेजो त दिएको छैनस् नि ? मदिरा-मदिरा नभन् ,साला पिउ...
नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नारी साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सो प्रतिष्ठानद्वारा श...
कवि राजन सिलवालको दोस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरिएको छ । साहित्यकारहरू देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन ग...
प्रत्युश भुसाल प्यारो र सुन्दर नेपाल मेरो देश । छन सौन्द्रय नदीनाला बहने अशेष ।। वीरताको गाथा बोकेको मेरो देश ।।। मठ,मन्दिर,गुम्बा र मस्जिद छन बिशेष ।।।। देशका बलिया खम्बा...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...