२३ असार २०८३, मंगलबार

महेन्द्रनगरमा डिशहोम फाईवरनेटको शोरुम

बैशाख २५, २०७९
महेन्द्रनगरमा डिशहोम फाईवरनेटको शोरुम

डिशहोम फाइवरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईवरनेट शोरुम सञ्चालनमा ल्याएको छ । सो शोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ ।

शोरुम उद्घाटन  डिशहोमका तर्फबाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्भिस सेन्टर सुपर भाइजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ । 

२०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको दिपक ट्रेडर्सले  अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने दिपक ट्रेडर्स सञ्चालक दिपक प्रसाद भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्