
बुटवलमा ९ बजे मतदान सकिएको छ ।
बिहान सात बजेदेखि शुरू भएको मतदान राति ९ बजे सकिएको हो ।
बुटवलमा करिब ७० प्रतिशत मत खसेको छ ।
९० हजार ६५ मतदाता मध्ये ६३ हजार ८ जनाले मतदान गरेका छन् । जुन ६९.९९ प्रतिशत हो ।
बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले अझै ४ वटा मतदान स्थलको मतपेटिका आउन बाँकी रहेको बताए ।
सबै मतपेटिका आएपछी सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना शुरू गर्ने तयारी गरिएको लोकान्तरलाई जानकारी दिए ।