२८ असार २०८३, आइतबार
स्थानीय चुनाव

घरपझोङ गाउँपालिकाको प्रमुखमा एमालेको अग्रता

बैशाख ३१, २०७९
घरपझोङ गाउँपालिकाको प्रमुखमा एमालेको अग्रता

मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रमुखमा एमालेको उम्मेदवारले अग्रता कायम गरेका छन् ।

उक्त वडामा १५४ मत खसेको थियो । यसमध्ये १४९ मत सदर भएको घरपझोङ गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताए । 

एमालेका उम्मेदवारले १०६ मत पाएका छन् । कांग्रेसकाले ४३ मत पाएको छ । 

यो वडामा अरु सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

मुस्ताङमा पाँचवटा स्थानीय तह छन् । घरपझोङमा भने कुल ४ हजार ८७५ जना जनसंख्या छ । त्यसमध्ये २ हजार ८४ मतदाता छन् । 

घरपझोङ गाउँपालिकाबाट एमालेका सञ्जयकुमार थकाली उम्मेदवार छन भने नेपाली कांग्रेसका मोहनसिंहलालचन उम्मेदवार छन् । उपाध्यक्षमा एमालेबाट मिमकुमारी शेरचन, कांग्रेसबाट जमुना थापा मगर र राप्रपाबाट कमला लालचन उम्मेदवार छिन् ।

वडा नम्बर १ मा नेपाली कांग्रेसका आशबहादुर थकाली निर्विरोध वडाध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, वडा नम्बर २ मा पनि कांग्रेसकै मनबहादुर हिराचन निर्विरोध भएका छन् । उक्त गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका परजिब थकाली निर्विरोध निर्वाचित भएका छन् ।

*गाउँपालिका प्रमुख हुनुपर्नेमा भुलवस वडा अध्यक्ष हुन गएकोमा सच्च्याइएकाे छ- सम्पादक

salt training

कमेन्ट गर्नुहोस्