
पूर्वी नवलपरासीमा शनिवार बिहान २ बजेबाट मतगणना शुरू भएको छ ।
गैंडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका बुलिंटार, हुप्सेकोट र बिनयीत्रिवेणी गाउँपालिकामा मतगणना शुरू गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै कावासोती नगरपालिकामा वडा नम्बर १ बाट मतगणना शुरू गरिएको छ । वडा नम्बर १ को मत दुई ठाउँमा गन्न शुरू भएको हो ।
त्यसैगरी विनयीत्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ बाट मतगणना शुरू भएको निर्वाचन कार्यालयले जनाएको छ ।