२९ असार २०८३, सोमबार
स्थानीय चुनावकाे नतिजा

१० पालिकाको नतिजा : एमालेलाई कांग्रेसले पछ्याउँदै, माओवादीले खाता खोल्न सकेन

बैशाख ३१, २०७९
१० पालिकाको नतिजा : एमालेलाई कांग्रेसले पछ्याउँदै, माओवादीले खाता खोल्न सकेन

स्थानीय तह निर्वाचनमा १० पालिकाको मतगणना सम्पन्न भएको छ । १० पालिकाको नतिजा आउँदा एमाले अग्रस्थानमा छ भने कांग्रेसले एमालेलाई पछ्याएको छ । 

१० स्थानीय तहमध्ये एमालेले ५ गाउँपालिकाको प्रमुख जितेको छ भने कांग्रेसले ३ गाउँपालिका प्रमुखमा जित निकालेको छ ।

एमालेले मनाङको ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकामा जितेको छ । त्यसैगरी, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेले जित निकालेको हो ।

त्यसैगरी, कांग्रेसले मनाङ, मुस्ताङ र डोल्पामा एक एक गाउँपालिका प्रमुख जितेको छ । डोल्पाको नार्पा भूमी गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका र मनाङको नासोँ गाउँपालिका प्रमुख कांग्रेसले जितेको हो । 

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले डोल्पामा दुई गाउँपालिकामा जितेको छ । डोल्पाको काइके र छार्का ताङसोङ गाउँपालिकामा एकीकृत समाजवादीले जित निकालेको हो ।

अहिलेसम्म माओवादी केन्द्रले भने कुनै पनि स्थानीय तहको प्रमुखमा जित निकालेको छैन् । वडाहरूमा भने माओवादी केन्द्रले जित निकालेको छ । 

एमाले

  • ङिस्याङ गाउँपालिका, मनाङ
  • चामे गाउँपालिका, मनाङ
  • शे–फोक्सुण्डो गाउँपालिका, डोल्पा
  • लो–घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
  • बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ

कांग्रेस

  • नार्पा भूमी गाउँपालिका, डोल्पा
  • घरपझोङ गाउँपालिका, मुस्ताङ
  • नासोँ गाउँपालिका, मनाङ

एकीकृत समाजवादी

  • काइके, गाउँपालिका, डोल्पा
  • छार्का ताङसोङ गाउँपालिका, डोल्पा

salt training

कमेन्ट गर्नुहोस्