०६ साउन २०८३, बुधबार

लिसंखुपाखरमा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा, झिनो मतले एमाले अगाडि

बैशाख ३१, २०७९
लिसंखुपाखरमा एमाले र माओवादी केन्द्रको प्रतिस्पर्धा, झिनो मतले एमाले अगाडि

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ । 

एमालेको गाउँपालिका अध्यक्ष उम्मेदवार सुर्यबहादुर लामाले १५२ मत पाएका छन् । उनलाई माओवादी केन्द्रका उम्मेदवार राजु लामाले पछ्याइरहेका छन् । लामाले १४९ मत पाएका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार जेठा तामाङले ७१ मत पाएका छन् । 

लिसंखुपाखरमा अहिलेसम्म ४४५ मत गणना भएको छ । 

त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी राममाया तामाङले लिड गरेकी छिन् । उनले १२१ मत पाएकी छिन भने दोस्रो स्थानमा एमालेकी उम्मेदवार मिठूदेवी लामाले ९३ मत पाएकी छिन् । 

कांग्रेसकी उपाध्यक्ष उम्मेदवार बबी योञ्जनले ७३ मत पाएर तेस्रो स्थानमा छिन् । 

लिसंखुपाखरमा मतगणना जारी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्