
महोत्तरीको जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले शुरुआती अग्रता लिएको छ ।
८८ मत गन्दा जसपाका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै लोसपाका रामशंकर मिश्रले १०, एमालेका रामआधार कापरले ८, माओवादीका कौशलेन्द्र शर्माले ५ र कांग्रेसका शम्भुनारायण पाठकले २ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा जसपाकी रौशन खातुन २५, लोसपाकी फरहत खातुनले १५ मत ल्याएकी छन् । त्यस्तै माओवादीकी मीना देवीले ८, एमालेकी मुनचुन देवीले ६ र कांग्रेसकी अनितादेवी शर्माले १ मत ल्याएकी छन् ।