३२ असार २०८३, बिहीबार
काठमाडाैंकाे मतगणना

काठमाडौं महानगर : बालेनले ४५२ मत पाउँदा गठबन्धनकी उम्मेदवार सिंह तेस्रो स्थानमा

बैशाख ३१, २०७९
काठमाडौं महानगर : बालेनले ४५२ मत पाउँदा गठबन्धनकी उम्मेदवार सिंह तेस्रो स्थानमा

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । शनिवार भइरहेको मतगणनामा लौरो चिन्ह लिएर स्वतन्त्ररूपमा चुनाव लडेका साह ४५२ मतसहित पहिलो स्थानमा छन् । 

नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३८८ मतसहित दोस्रो स्थानमा छन् । शनिवार साँझसम्मको नतिजामा कांग्रेस नेतृ सिंहले २४० मत पाएकी छिन् । 

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् । पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेत्री सिंह साझा उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको समेत समर्थन रहेको छ । 

तीन लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा शुक्रवार भएको मतदानमा १ लाख ९० हजार १ सय ७० मत खसेको थियो । 

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत सहित विजयी भएका थिए । दोस्रो स्थानको कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत पाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्