भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ७० मतले पछि पारेकी छिन ।
भरतपुरको ९५० मत गणना हुँदा दाहालको पक्षमा ३७४ मत आएको छ । एमालेका उम्मेदवार विजय सुवेदीको पक्षमा भने ३०४ मत आएको छ ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले माओवादी नेतृ दाहाललाई साझा उम्मेदवार बनाएको थियो ।
एमालेले भने राप्रपासँग गठबन्धन गरेको थियो ।
भरतपुरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने १२४ मत पाएका छन् ।