
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दहालले ४३५ मत पाएकी छिन ।
अहिलेसम्म भरतपुरमा ११ सय मत गणना भएको छ ।
एमाले उम्मेदवार विजय सुवेदीले ३७९ मत ल्याएर दाहाललाई पछ्याइरहेका छन् ।
भरतपुरको ११ सय मत गणना हुँदा दाहाल सुवेदीभन्दा ५६ मतले अगाडि छिन् ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले माओवादी नेतृ दाहाललाई साझा उम्मेदवार बनाएको थियो ।
एमालेले भने राप्रपासँग गठबन्धन गरेको थियो ।
भरतपुरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने १४२ मत पाएका छन् ।
भरतपुरमा पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयर चित्रसेन अधिकारीले ४७८ मत पाएका छन भने एमाले र राप्रपाकोतर्फबाट उपमेयरका उम्मेदवार हिमला गुरूङले ३१२ मत पाएका छन् ।