
मोरङमा ५ वडा अध्यक्ष सहित २६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा ५ वडा अध्यक्ष र २१ वडा सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचित हुने वडा अध्यक्षमा सुनवर्षी १ मा नेपाली कांग्रेसका विरवहादुर राई, धनपालथान १ मा माओवादी केन्द्रका खाजा हुसेन मिया, कटहरी गाँउपालिका १ मा एमालेका हरिनारायण राजवंशी, कानेपोखरी १ मा कांग्रेसका रत्न वहादुर कार्की र सोहि पालिकाको वडा नम्बर ७ मा एमालेका मोहन प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
अधिकारी यस अघि पनि वडा अध्यक्ष थिए । अन्य १९ जना भने वडा सदस्यमा निर्वाचित भएको निर्वाचन कार्यालय मोरङले जनाएको छ ।