
भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
आइतवार मध्याह्नसम्मको मतगणना अपडेटमा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार निशान ढुंगेलले १ हजार ६२६ मतसहित अग्रता लिएका छन् ।
नेकपा एमालेका वासुदेव थापा १ हजार ३४८ मतसहित दोस्रो स्थानमा छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही ठाउँबाट भोट हालेका थिए । राप्रपाकी राधिका रानाभाट ५६७ मतसहित तेस्रो स्थानमा छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी सरिता भट्टराई तिमल्सिना १ हजार ३५१ मतसहित अग्रस्थानमा छिन् ।