
चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।
हालसम्मको मतगणनामा दाहालले १६११ मत पाएकी छन् ।
दाहाललाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १५४१ मत पाएका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन् ।
अहिले वडा नं. २ को मतगणना भइरहेको छ ।