०७ साउन २०८३, बिहीबार

हास्य कलाकार ‘डिट्ठा साब’ वडा सदस्यमा विजयी

हास्य कलाकार ‘डिट्ठा साब’ वडा सदस्यमा विजयी

हास्य कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ वडा सदस्यमा विजयी भएका छन् ।

लामो समयदेखि कलाकारितामा सक्रिय उनी काठमाडौँ तारकेश्वर नगरपालिका–२ को वडा सदस्यमा विजयी भएका हुन् ।

काभ्रेस्थलीका स्थायी बासिन्दा उनी नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा विजयी भएका हुन् ।

उनले मतदाताहरूलाई धन्यवाद दिँदै वडाको विकासमा लाग्ने बताए ।  

भण्डारी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठा साब’को भूमिकामा देखिन्थे । उनी पछिल्लो समय हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’मा समेत देखिँदै आएका थिए । ‘डिट्ठा साब’ले ‘चंगा’ नामक नेपाली चलचित्रको लेखन एवं निर्देशन गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्