
पाल्पाको तानसेन नगरपालिकामा नेपाली कांग्रेसले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ दुई हजार ६७८ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका धनेन्द्रराज घिमिरे १ हजार ८६४ मतसहित दोस्रो स्थानमा छन् ।
आइतवार दिउँसोसम्मको गणनामा राप्रपाका सुदीप रेग्मीले ७९ मत पाएका छन् । उपमेयरमा पनि नेपाली कांग्रेसकी प्रतीक्षा सिंजाली २ हजार ३९५ मतसहित अग्रस्थानमा छन् ।
एमालेकी शशी श्रेष्ठ २ हजार १८ मतसहित अगाडि छन् । मेयरमा चुनाव लडेका सन्तोषलाल र धनेन्द्र २५ वर्षसम्म त्रिभुवन बहुमुखी क्याम्पसमा पढाएका साथी हुन् ।