
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मेजर कुमार राई निर्वाचित भएका छन्।
२ हजार ५१ मत ल्याएर उनी निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले १ हजार ५ सय ८९ मत ल्याएका थिए।
त्यसैगरी स्वतन्त्र उम्मेदवार होम बहादुर राईले ६ सय १९ मत ल्याएका थिए।
त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी पुष्पलाल राई निर्वाचित भएकी छिन् । उनले १ हजार ९ सय ३३ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी देवकुमार कार्कीले १ हजार ७३ मत ल्याएकी थिइन् । स्वतन्त्र उम्मेदवार रमिला राई ९ सय १८ मत ल्याएर निर्वाचित भएकी हुन् ।
त्यसैगरी, १ नम्बर वडामा नेकपा माओवादी केन्द्रका जनदीप थापा मगर ४ सय २९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका केशर बहादुर राईले ३ सय ९७ मत ल्याएका थिए ।
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका जितेन्द्र राई ४ सय ७४ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका बोधबहादुर थापा मगरले ३ सय ६५ मत ल्याएका थिए।
वडा नम्बर ४ मा जनता समाजवादी पार्टी नेपालका छत्र बहादुर राई ४ सय २८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञान बहादुर राईले ४ सय १० मत ल्याएका थिए।
वडा नम्बर ५ मा नेपाली कांग्रेसका कबिचन्द्र राईले ३ सय ४ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका केशर कुमार खडकाले २ सय ६९ मत ल्याएका थिए।