०३ साउन २०८३, आइतबार

नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित

नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित

तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । 

अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लि., एनसिसिडिएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले  संयुक्त रूपमा वरिष्ठ नर्स श्रेष्ठलाई पचास हजार एक रुपैयाँ नगद पुरस्कार सहित नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मान गरेको हो । यी संस्थाले हरेक वर्ष नर्सिङ्ग दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलो पटक श्रेष्ठलाई यसकिसिमको अवार्ड प्रदान गरिएको हो । 

आइतवार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् । 

सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशक भन्दा लामो समयदेखि अनवरत रूपमा नर्सिङ्ग क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् । 

हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जमा नर्सिङ्ग प्रमुख, आइसियु विभागमा कार्यरत छन् ।

कार्यक्रममा जनस्वास्थ्य अभियन्ता राधा पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा  नर्सहरूको योगदान निकै ठुलो रहेको बताउँदै यस किसिमको सम्मानले सम्पूर्ण नर्सहरुलाई आफ्नो कार्यक्षेत्रमा अझ बढि हौसला प्रदान हुने बताइन् ।

 यस्तै स्वास्थ्य मन्त्रालय नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बाला राई, मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की, रजिष्ट्रार प्रमिला देवानले कोभिड महामारीका बेला नर्सहरूको योगदान निकै ठुलो रहेको स्मरण गर्दै यस किमिको सम्मानले उनीहरुलाई कार्यक्षेत्रमा अझ धेरै जिम्मेवार बनाउने उल्लेख गरिन् । 

यस्तै सम्मान ग्रहण गर्दै वरिष्ठ नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुशी लागेको  बताइन् । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ अइसियुमा उपचारार्थ गरिब विरामीहरुलाई प्रदान गर्ने घोषणा गरिन् ।

कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्स लगायत स्वास्थ क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिती रहेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्