
सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले जितेको छ ।
गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मानबहादुर बुढाथोकी अध्यक्षमा र उपाध्यक्षमा एमालेका लालबहादुर रावत विजयी भएका हुन्।
गठबन्धनबाट कांग्रेसका उम्मेदवार बुढाथोकीले ४ सय ५८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार डिल्लीराज जैसीले ४ हजार १२ मत ल्याएका थिए ।
यसैगरी उपाध्यक्षमा लालबहादुर रावतले ४ हजार १ सय ४३ र उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार धनसरा मल्लले ३ हजार ९ सय ४३ मत ल्याएकी थिइन् ।