०४ साउन २०८३, सोमबार
स्थानीय चुनावकाे नतिजा

पाल्पाको पूर्वखोला गाउँपालिकामा दाेहाेरियाे एमालेकाे पुरानै टीम

पाल्पाको पूर्वखोला गाउँपालिकामा दाेहाेरियाे एमालेकाे पुरानै टीम

पाल्पाको पूर्वखोला गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा यसअघिकै जनप्रतिनिधि दोहोरिएका छन् ।

आईतबार राती सार्वजनिक मत परिणामअनुसार गाउँँपालिका अध्यक्षमा  एमालेका नुनबहादुर थापा निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा (भट्टराई) निर्वाचित भएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मान बहादुर सारुले जानकारी दिए ।

थापा ६ हजार ४९ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा एकीकृत समाजवादीका उम्मेदवार मिन प्रसाद गिरीले १ हजार २ सय ५७ मत प्राप्त गरे । 

उपाध्यक्ष निर्वाचित भट्टराईले ५ हजार ८ सय ९४ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी आचार्यले २ हजार २ सय ५० मत प्राप्त गरिन् ।  

अध्यक्ष र उपाध्यक्षमा दुबैले आफ्नो प्रतिद्वन्द्वीलाई फराकिलो मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् ।

पूर्वखोला गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि  थापा र भट्टराई नै अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । 

८ हजार ७ सय ५९ मत खसको पूर्वाखोलाको ६ वटै वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गाउँपालिकामा १ सय २५ मत भने बदर भएको सहायक निर्वाचन अधिकृत सारुले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्