
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो अपडेट अनुसार आइतवार मध्यरातसम्ममा वालेनले ४ हजार ६४६ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ४०५ मत ल्याएका छन् ।
यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार २२४ मत ल्याएकी छन् ।