३२ असार २०८३, बिहीबार
स्थानीय चुनाव

पोखरा महानगरमा अग्रता बढाउँदै आचार्य, थापा पछिपछि

पोखरा महानगरमा अग्रता बढाउँदै आचार्य, थापा पछिपछि

पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।

आइतवार राति साढे ११ बजेको अपडेट अनुसार मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका आचार्यले १ हजार ६०४ मतसहित अग्रता कायम राखेका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले १ हजार ४६१ मत पाएका छन् ।

यस्तै राप्रपाका शंकर खरालले १९३ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले ८२ मत पाएका छन् । 

महानगरको उपमेयरमा  कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६८७ मत पाउँदा एमालेकी मन्जुदेवी गुरुङले १ हजार ६४९ मत पाएकी छन् ।  

salt training

कमेन्ट गर्नुहोस्