
सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ ।
कांग्रेसले पालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जीत हात पारेको हो ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश कार्कीले १५२० मत ल्याए भने माओवादी केन्द्रका दीपक खड्काले १ हजार ३५३ मत पाएका छन् ।
पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी अञ्जु नाछिरिङ राई १ हजार ६६९ मत सहित निर्वाचित भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरी राईले १ हजार ६३४ मत ल्याउँदा माओवादी केन्द्रकी सरस्वती राईले १ हजार १८५ मत पाइन् ।