
सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका मेयर उम्मेदवार नवीनकुमार यादवले ३ हजार ६ मत ल्याएर अग्रता कायम गरेका हुन् ।
नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले २ हजार ८२५ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यसै गरी जनता समाजवादी पार्टीका अशेश्वरप्रसाद यादवले २ हजार ५७७, नेकपा एकीकृत समाजवादीकी रीताकुमारी यादवले १ हजार ६९६ मत ल्याएका छन् ।