
काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ६३४६ मत प्राप्त गरेकी छन् ।
यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ४५६२ मतले बढी हो । श्रेष्ठले १७८४ मत ल्याएका छन् । राप्रपाका मदनदास श्रेष्ठले १३४५ मत ल्याएका छन् ।
डंगोलले फराकिलो मतान्तर बनाइरहँदा गठबन्धनका तर्फबाट उम्मेदवार श्रेष्ठसँगको तुलनामा अनपेक्षित धेरै मतले विजय हुने देखिएको छ ।
डंगोलले शुरूआती मतगणनादेखि नै लिएको फराकिलो मतान्तरको अग्रतालाई श्रेष्ठले घटाउन सकेका छैनन् ।