२१ असार २०८३, आइतबार

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

बैतडीको सिगास गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार हरिसिंह धामी ३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जस्वीरसिंह बोहराले १ हजार ७९८,  नेकपा माओवादी केन्द्रका रामसिंह साउँद र नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर साउँदले १ हजार १३९ मत ल्याएका थिए । 

त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेकी धाना धामी विजयी भएकी छन् । उनले २ हजार ९३९ मत ल्याएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुमित्रा ऐर २ हजार ६९६, नेकपा माओवादी केन्द्रकी लक्ष्मीदेवी चन्द १ हजार ९० र नेकपा एकीकृत समाजवादीकी भृकुटीदेवी चन्दले ५५५ मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्