०३ साउन २०८३, आइतबार

डोटीको सायल गाउँपालिकामा कांग्रेस विजयी

डोटीको सायल गाउँपालिकामा कांग्रेस विजयी

डोटीको सायल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी ३ हजार २४३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर डुम्रेलले २ हजार २४० र नेकपा माओवादी केन्द्रका डबलबहादुर साउँदले ५३२ मत ल्याएका थिए ।

त्यसै गरी उपाध्यक्षमा नेपाली कांग्रेसकी निर्मला बोहरा (ओली) २ हजार ९३७ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी बिस्नादेवी सिंहले २ हजार १५४ र नेकपा एकीकृत समाजवादीका टीका सिंहले ६२६ मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्