०५ साउन २०८३, मंगलबार

मनकामना क्षेत्र पर्ने गोरखाको शहीद लखनमा पुनः रमेशबावु थापा विजयी

मनकामना क्षेत्र पर्ने गोरखाको शहीद लखनमा पुनः रमेशबावु थापा विजयी

प्रसिद्ध मन्दिर मनकामना मन्दिर रहेको गोरखाको शहीद लखन गाउँपालिकामा माओवादीका रमेशबावु थापा विजयी भएका छन् ।

नेपाली कांग्रेसका नारायणप्रसाद लामिछानेलाई १ हजार मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका हुन् । माओवादी उम्मेदवार थापाले ५ हजार ४ सय ७४ मत प्राप्त गर्दा कांग्रेसका लामिछानेले ४ हजार ४ सय ३२ मत पाएका छन् । 

उपाध्यक्षमा पनि माओवादीकै इन्दिरा तिवारी ४ हजार ९ सय ९६ मत पाएर विजयी भएकी छिन् । कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४ सय ३२ मत पाइन । 

२०७४ सालमा ३ हजार ८ सय मतसहित विजयी भएका थापाले यसपटक मतपनि बढाएका छन् । पहिलो कार्यकालमा जनताको पक्षमा काम गरेकोले यसपटक पनि जनताले आफूलाई रोजेको थापाले बताए । 

पहिलो कार्यकालमा शुरु गरेका कामलाई दोस्रो कार्यकालमा पूरा गर्ने उनले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्