२३ असार २०८३, मंगलबार
स्थानीय चुनावकाे नतिजा

विराटनगरमा एमालेका थापाभन्दा १६१० मतले कांग्रेसका कोइराला अगाडि, कसको कति मत ?

विराटनगरमा एमालेका थापाभन्दा १६१० मतले कांग्रेसका कोइराला अगाडि, कसको कति मत ?

विराटनगर महानगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम गरेका छन् । 

जारी मतगणनामा कोइरालाले ५ हजार ६९३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ४ हजार ८३ मत ल्याएका छन ।

कोइराला थापाभन्दा १ हजार ६१० मतले अगाडि छन् । 

यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ९७४ मत ल्याएका छन् भने राप्रपाका प्रह्लाद शाहले १ हजार १५ मत पाएका छन् । 

उपमेयरमा एमालेकी शिल्पा निरौला कार्कीले ४ हजार ६८७ मत ल्याएर अग्रता कायम गरिरहेकी छन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अरमेन्द्र यादवले  ३ हजार १६३ मत ल्याएका छन् । 

यस्तै बिन्दा कुमारी लुइटेलले १ हजार २२४ मत प्राप्त गर्दा उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ७८ मत प्राप्त गरेकी छिन् । 

अहिले सम्म १८ हजार ६४ मत गनिएको छ ।  

१ लाख ३३ हजार १ सय ४२ मतदाता रहेको विराटनगरमा  ८९ हजार ६ सय ७८ मत खसेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्