
उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मान बहादुर केप्छाकी मगर ४ हजार ९४२ मत सहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोपालबहादुर खत्रीले ४ हजार ११४ मत पाए ।
गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ ।
गाउँपालिका उपाध्यक्षमा ४ हजार ६४८ मतसहित कांग्रेसका जितबहादुर खड्का निर्वाचित भए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मत प्राप्त गरिन् ।