शनिवार अमेरिकाको न्युयोर्कस्थित बफलोमा १० जना काला अमेरिकीहरूको हत्या गरेको आरोप लागेका व्यक्तिले नवनाजी प्रतीक उपयोग गरेको पाइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पेटोन एस गेन्ड्रोनको घोषणापत्रमा युक्रेनको आजोभ रेजिमेन्टको जस्तै कालो सूर्य प्रतीक पत्ता लगाएका छन् । श्वेत सर्वोच्चतावादी तथा नवनाजीहरूले यो प्रतीक उपयोग गर्ने गरेका छन् ।
गेन्ड्रोनले जानाजान काला जातिका मानिसलाई तारो बनाउने गरी आक्रमण गरेका थिए । उनी सन् २०१९ मा न्युजील्यान्डको क्राइस्टचर्चमा भएको सामूहिक हत्याबाट प्रेरित थिए ।
क्राइस्टचर्चका हत्यारा जस्तै गेन्ड्रोनले पनि इन्टरनेटमा आफ्नो घोषणापत्र अप्लोड गरेर विचारधाराको व्याख्या गरेका थिए । अनि त्यसैगरी उनले ट्विचमा सामूहिक हत्याकाण्डको लाइभ स्ट्रीमिङ समेत गरेका थिए ।
गेन्ड्रोनको घोषणापत्र तथा लुगामा नवनाजी कालो सूर्यको चिह्न फेला परेको हो ।