०६ साउन २०८३, बुधबार
स्थानीय चुनाव

पोखरा अपडेट- धनराजले १० हजार कटाए, कृष्ण थापासँग १५ सय मतको अन्तर

पोखरा अपडेट- धनराजले १० हजार कटाए, कृष्ण थापासँग १५ सय मतको अन्तर

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

मंगलवार साँझसम्मको मतगणनामा नेकपा (एस)का उम्मेदवार आचार्यले १० हजार १५७ मतसहित अग्रता कायम गरेका हुन् । 

नेकपा एमालेका कृष्ण थापाले ८ हजार ६०० मत प्राप्त गरेका छन् । दुई बीचको मतान्तर १ हजार ५५७ छ । 

उपमेयरमा ११ हजार २५४ भोटसहित नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्रस्थानमा छिन् । एमालेकी मञ्जु गुरुङले १० हजार ६९९ मतसहित दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् ।

मतगणना चल्दै गर्दा पोखरामा एमाले उम्मेदवार थापालाई हराउन एमालेभित्रै अन्तर्घात भएको चर्चा चलेको छ । अन्तर्घातको हल्लाले एमाले गण्डकीमा हलचल ल्याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्