
सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा जसपाका शिव उदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमोहनप्रसाद यादवले २ हजार ५२५ मत ल्याएका छन् ।
उपाध्यक्षमा जसपाकै पुनम यादव ४ हजार ३१८ मतसहित निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शोभाकुमारी यादवले २ हजार ३८५ मत प्राप्त गरेकी छन् ।