
झापाको कनकाई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेल विजयी भएका छन् ।
मंगलवार राति १० बजे सकिएको मतगणनामा मेयर पदमा निर्वाचित पोखरेलले ८ हजार ६ सय ७३ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ र कांग्रेसका बागी उम्मेदवार शेरबहादुर थापाले ५ हजार ६ सय ९१ मत पाए ।
पोखरेल दोस्रो कार्यकालका लागि मेयर पदमा निर्वाचित भएका हुन् ।
कनकाईको उपमेयर पदमा भने नेपाली कांग्रेसकी उम्मेदवार आशा सिवाकोटी निर्वाचित भएकी छन् ।
सिवाकोटीले १० हजार ७ सय १३ मत पाएर निर्वाचित हुँदा
निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मञ्जु प्रसाईले ८ हजार ८ सय ४५ मत पाइन् ।