११ असार २०८३, बिहीबार

माइजोगमाई गाउँपालिकामा एमाले विजयी

माइजोगमाई गाउँपालिकामा एमाले विजयी

इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेबे विजयी भएका छन् । 

थेबेले ५ हजार १३५ मतसहित विजयी हुँदा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईलाई ४ हजार ९१३ मत ल्याएर पराजित भएका छन् ।

गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेपाली कांग्रेसकी प्रविना राई ५ हजार ५९ मतसहित विजयी भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सावित्रा भट्टराईले ४ हजार ८८३ मत पाएकी छन् ।

माइजोगमाई गाउँपालिका पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्