२८ असार २०८३, आइतबार

गत चुनावमा बाबुलाई हराएका कार्कीले छोरालाई हराउन सकेनन्

गत चुनावमा बाबुलाई हराएका कार्कीले छोरालाई हराउन सकेनन्
नवनिर्वाचित अध्यक्ष-उपाध्यक्ष ।

मोरङको केराबारी गाउँपालिकामा गत चुनावमा बाबुलाई हराएका रोहित कार्कीले यसपटकको चुनावमा भने छोरालाई हराउन सकेनन् । गत चुनावमा नवीन मगरलाई हराएर कार्की अध्यक्ष बनेका थिए । 

यसपालि भने नवीनका छोरा सुमन उम्मेदवार बनेका थिए । 

बुधवार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार एमालेका सुमनले अध्यक्षमा ७८१० मत ल्याएर विजयी बनेका छन् । 

निवर्तमान गाउँपालिका अध्यक्ष कार्कीलाई मगरले १ हजार ४२० मतान्तरले पराजित गरेका हुन् । 

कार्कीले ६ हजार ३९० मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्षमा एमालेकै मनमाया मगर निर्वाचित भएकी छन् । उनले ७२६७ मत ल्याइन् । 

उनकी निकटतम  प्रतिद्वन्द्वी कांग्रेसकी सुभद्रा राईले ६ हजार ४२८ मत ल्याइन । 

१० वडा रहेको केराबारीमा कांग्रेसले वडा नम्बरहरू ४, ८ र ९, माओवादी केन्द्रले वडा नम्बर ६ र एमालेले १, २, ३, ५, ७ र १० नम्बर वडा जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्