०६ साउन २०८३, बुधबार

लेटाङमा कांग्रेसबाट एमालेले खोस्यो मेयर

लेटाङमा कांग्रेसबाट एमालेले खोस्यो मेयर

मोरङको लेटाङ नगरपालिकामा एमालेले मेयर-उपमेयर नै जितेको छ । मेयरमा भुपेन्द्र लावतीले १० हजार २२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानेन्द्र ढकालले  ८ हजार १०५ मत मात्रै ल्याएका छन् । 

गत चुनावमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । 

उपमेयरमा एमालेकी कृष्णकुमारी पोख्रेल पुनः विजयी बनेकी छन् । उनले ९४६० मत ल्याएर विजयी भएकी हुन् । उनी निवर्तमान उपमेयर हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका कृष्णप्रसाद लम्सालले भने ४९०५ मत ल्याएका थिए । 

लेटाङमा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो । ​लेटाङमा १,२,३,४,५,७ एमालेले र ६,८,९ कांग्रेसले जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्