०४ साउन २०८३, सोमबार

रुपन्देहीमा एमालेले खोल्यो खाता

रुपन्देहीमा एमालेले खोल्यो खाता

रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् । 

नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरूङ निर्वाचित भएका हुन् । खरेलले कांग्रेसका निवर्तमान मेयरसमेत रहेका गठबन्धनका उम्मेदवार हीराबहादुर खत्रीलाई पराजित गरेका हुन् । विद्यालक्ष्मी गुरुङ दोस्रो पटक उपप्रमुखमा निर्वाचित भएकी हुन् । 

औपचारिक घोषणा हुन बाँकी छ । देवदहमा जित निकालेर एमालेले खाता खोलेको हो । 

रुपन्देहीमा १६ स्थानीय तहमध्ये ३ वटाको मात्र अहिलेसम्म पूर्ण नतिजा आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्