मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १० मा कांग्रेस पार्टीको विरासत भत्काउने गठबन्धन (राप्रपा, नेकपा एमाले, माओवादी केन्द्र) को दाउ असफल भएको छ ।
यसपटकको स्थानीय चुनावमा पनि कांग्रेसले सहजै जित्ने प्रतिद्वन्द्वी पार्टीहरूको अनुमान थियो । सोही अनुरुप राप्रपा, नेकपा एमाले र माओवादी केन्द्रका नेताले कांग्रेसको उम्मेदवारलाई पराजित गर्न तीन दलीय गठबन्धन बनाएका थिए ।
राप्रपाका साझा उम्मेदवार टेकबहादुर तामाङलाई समर्थन गर्ने गरी ती दलहरुले वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी नै दर्ता गराएनन् । यसमा नेकपा एकीकृत समाजवादीको उम्मेदवारले पनि गठबन्धनलाई भित्री रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
समग्रमा चार दल मिलेर पनि नेपाली कांग्रेसका उम्मेदवार अमृत खनाललाई पराजित गर्न गठबन्धन असफल भएको छ । खनालले एकसय मतान्तरले राप्रपाका निकटतम प्रतिद्वन्द्वी टेकबहादुर तामाङलाई पराजित गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा माओवादीको समर्थन सहितको गठबन्धनको साझा उम्मेदवार टेकबहादुर तामाङले जम्मा ९ सय ४८ मत पाए । कांग्रेसबाट एक्लो उम्मेदवार बनेका खनालले भने एक हजार ४८ मत पाए ।
२०७४ को स्थानीय तहको चुनावमा पनि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भक्तबहादुर खड्काले निकटतम प्रतिद्वन्द्वी टेकबहादुर तामाङलाई एकसय १४ मतान्तरले पराजित गरेका थिए । भक्त बहादुरले छ सय ५९ मत प्राप्त गरेका थिए भने टेकबहादुर तामाङले पाँच सय ४५ मत प्राप्त गरेका थिए ।
राप्रपाबाट उम्मेदवार बनेका टेकबहादुर तामाङ यो सहित दोस्रो पटक वडा अध्यक्षमा पराजित भएका हुन् ।
भाइरल उम्मेदवार बने वडा अध्यक्ष
मतदातालाई खुट्टा ढोगेर पैसा बाडेको आरोप लागेका सिन्धुपाल्चोक मेलम्चीका भाइरल उम्मेदवार अमृत खनाल वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
मेलम्ची नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खनालले एकसय मतान्तरले निकटतम प्रतिद्वन्द्वी टेकबहादुर तामाङलाई पराजित गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपासहितको तीन दलीय गठबन्धनको साझा उम्मेदवार टेकबहादुर तामाङले जम्मा ९ सय ४८ मत पाएका थिए । यसमा नेकपा एकीकृत समाजवादीले पनि तीन दलीय गठबन्धनलाई मौन रुपमा समर्थन गरेको थियो । त्यस्तै नेपाली कांग्रेसबाट विजयी बनेका खनालले एक हजार ४८ मत प्राप्त गरेका थिए ।
स्थानीय चुनाव नजिकिदै गर्दा घरदैलो अभियानमा जाने क्रममा वडा अध्यक्ष खनालले आफ्नो फुपूको खुट्टा ढोगेर दक्षिणा दिदा प्रतिद्वन्द्वीहरुले मतदातालाई पैसा बाडेको आरोप लगाएर भाइरल बनाएका थिए । त्यसपछि तत्कालै खनालले उक्त विषय गलत भएको प्रष्टिकरण दिदैँ फुपू फरक वडाको मतदाता रहेको प्रमाणित गरेक थिए ।
उम्मेदवार नै नभएको पार्टीलाई भोट
मेलम्ची – १०, मा गठबन्धनको रुपमा राप्रपाका टेकबहादुर तामाङ उम्मेदवार बनेपनि उम्मेदवार नै नभएको गठबन्धन पार्टीले मत प्राप्त गरेको छ ।
१० नं वडामा नेकपा एमाले, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (मक्सवादी, लेनिनवादी), मंगोल नेशनल अर्गनाइजेसनको वडा अध्यक्षको लागि उम्मेदवार नै छैनन् ।
उम्मेदवार नै नभएको नेकपा एमालेमा वडा अध्यक्षको लागि आठ मत प्राप्त भयो । त्यस्तै माओवादी केन्द्रलाई ३८ मत प्राप्त भयो, नेपाल कम्युनिष्ट पार्टी (मक्सवादी, लेलिनवादी) लाई दुई मत प्राप्त भयो, मंगोल नेसनल अर्गनाइजेसनलाई एक मत प्राप्त भएको थियो ।
उम्मेदवार रहेपनि गठबन्धनलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १६ मत प्राप्त गर्यो । जनता समाजवादी पार्टीले छ मत प्राप्त गर्यो ।
मेलम्ची नगरपालिकाको निर्वाचन अधिकृत निमा घिमिरेले यस वडामा जम्मा १४ मत बदर भएको जानकारी दिइन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...