११ साउन २०८३, सोमबार

युक्रेनलाई पैसा दिँदै सम्पत्ति शुद्धीकरण गरिएको अमेरिकी सांसदको दाबी

जेठ ४, २०७९
युक्रेनलाई पैसा दिँदै सम्पत्ति शुद्धीकरण गरिएको अमेरिकी सांसदको दाबी

अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् । 

न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् । 

अमेरिकाले युक्रेन सरकारलाई ४० अर्ब डलर बराबरको सहायता उपलब्ध गराउन खोजेको छ । सांसदहरूले आफ्ना नातेदार र साथीभाइको गैरसरकारी संस्थामार्फत बजेट फन्ड खर्च गर्न खोजेको ग्रीन बताउँछिन् । 

अमेरिका र मेक्सिकोको सीमामा आइपुगेका आप्रवासीलाई सहायता गर्ने संस्थाहरूले पनि यस्तै काम गरिरहेको उनको भनाइ छ । 

जर्जिया राज्यकी रिपब्लिकन सांसद ग्रीनले युक्रेन सरकारलाई ४० अर्ब डलर पठाउने कुराको आफूले विरोध गर्ने बताइन् । यसले अमेरिकीहरूमा नराम्रो असर पार्ने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्