
काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को मतगणनामा बालेन्द्र साहलाई भन्दा बढी मत केशव स्थापितलाई आएको छ ।
अहिले वडा नम्बर २८ को मतगणना भइरहेको छ । यो केशव स्थापितको आफ्नो वडा पनि हो ।
उक्त वडामा २०० मत गणना हुँदा स्थापितको पक्षमा ६० मत आएको छ भने बालेन्द्रले ४६ मत मात्रै पाएका छन् ।
स्थापितको वडामा गठबन्धनकोतर्फबाट मेयरमा कांग्रेसमा मेयरकी उम्मेदवार सिर्जना सिंहले भने ३३ मत पाएकी छिन् ।
आफ्नो वडामा स्थापितले सुरुआति अग्रता लिएका छन् ।
साह र स्थापितले पाएको कुल मतको अन्तर भने ८ हजार ५५३ छ । यो ४५ हजार मत गन्दाको परिणाम हो ।